एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड (विज्ञप्तिसहित)
नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो ।
बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिस गरेका चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेछ । प्रदेश कमिटीले तीन जनाप्रति आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मे...










