Thursday, May 7

राजनीति

समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल
राजनीति, समाचार

समाजवादमा मात्रै पूर्ण मानवअधिकार: खनाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए। ‘मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,’ उनले भने। उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे। नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रूपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे। ‘समाजवादी पार्टी समाजको अ...
प्रेस सेन्टरमा पदाधिकारीको भिड : १९ जना उपाध्यक्ष, २७ जना सचिव
राजनीति, समाचार

प्रेस सेन्टरमा पदाधिकारीको भिड : १९ जना उपाध्यक्ष, २७ जना सचिव

नेपालअखबार, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ । यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन । १४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो । संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् । हेर्नुहोस् प्रेस सेन्टरको पदाधिकारी सूची...
पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल

नेपालअखबार, डाेटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”  रासस...
हर्क साम्पाङलाई शहरी विकास मन्त्रीको निम्तो, योजना लिएर छिट्टै आँउदै साम्पाङ्ग
राजनीति, समाचार

हर्क साम्पाङलाई शहरी विकास मन्त्रीको निम्तो, योजना लिएर छिट्टै आँउदै साम्पाङ्ग

नेपालअखबार, धरान । शहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । शहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने–‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इनोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् ,हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’ हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने भन्दै साम्पाङको खुलेरै प्रशंसा गरेका मन्त्री चौधरीले थपे, ‘मेयर साबले सुरु गर्नुभएका सबै योजनामा पुरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु ।’ मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरा...
ओली, संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी मन्त्री चौधरी
राजनीति, समाचार

ओली, संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी मन्त्री चौधरी

नेपालअखबार, , झापा । सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था रजनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका छन् । निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने बताएका उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने बताए । दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गर्नु परेको पनि उनले प्रष्ट पारे । आगामी निर्वाचनबाट एमालेको अस्तित्व नै संकटमा पर्ने मन्त्री चौधरीको जिकिर थियो । समानुपातिक व्यवस्थाका कारण एमालेका केही सांसद रहे पनि प्रत्यक्षमा उसलाई खोज्नुपर्ने अवस्था...
प्रधानमन्त्री देउवासँग लुको भेट
राजनीति, समाचार

प्रधानमन्त्री देउवासँग लुको भेट

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीरमार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् । लुले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए ।...
पोखरामा आजदेखि हुँदैछ मेयर सम्मेलन
राजनीति, समाचार

पोखरामा आजदेखि हुँदैछ मेयर सम्मेलन

नेपालअखबार, पाेखरा । देशका छवटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु हुने भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र वीरगञ्ज महानगर प्रमुख राजेशमा सिंह पोखरामा छन्। अन्य महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत आज बिहान पोखरा पुग्ने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने प्रमुख आचार्यले बताए। महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइ...
आज पनि प्रतिनिधि सभाको बैठक  बस्दै
राजनीति, समाचार

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ । आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।...
आज लूको उच्चस्तरीय राजनीतिक भेटवार्ता
राजनीति, समाचार

आज लूको उच्चस्तरीय राजनीतिक भेटवार्ता

नेपालअखबार, काठमाडाैं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्ने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ। यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् । साथै लूले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपीबारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेपनि अमेरिकालाई आधिकारिक पत्र पठाइएको छैन ।...
मेयर आचार्य र पोल्याण्डका राजदुत बुराकोव्स्की बीच भेटवार्ता
राजनीति, समाचार

मेयर आचार्य र पोल्याण्डका राजदुत बुराकोव्स्की बीच भेटवार्ता

नेपालअखबार, पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदुत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार भएको भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिए । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ । राजदुत बुराकोव्स्कीसंगको भेटवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए...