नागरिकलाई फोहोर दिएबापत पैसा दिने गरेर योजना बनाउँदैछु : मन्त्री चौधरी
नेपालअखबार, काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्य प्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।
उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए । ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए ।
उनले भने, ‘बञ्चरे डाँडामा फोहोर फाल्ने कुराको हामी मन्त्रालयमा छलफल गरिरहेका छौँ । बञ्चरे डाँडा, सिसडोलभन्दा अर...










