Monday, October 5

राजनीति

उद्धारमा सरकारले अहङ्कार देखायो, विज्ञको सहयोग लिएको भए थप ज्यान जोगिन्थ्यो :  प्रचण्ड
राजनीति, समाचार

उद्धारमा सरकारले अहङ्कार देखायो, विज्ञको सहयोग लिएको भए थप ज्यान जोगिन्थ्यो : प्रचण्ड

नेपालअखबार, धनुषा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग नलिँदा धेरै मानिसको ज्यान बचाउन नसकिएको बताएका छन्। जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठुलो हिमाली प्रलयको स्वरूप भएको उल्लेख गरे। विपदबाट भएको क्षतिले नेपालसहित विश्व समुदायलाई स्तब्ध बनाएको उनको भनाइ छ। प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरू परिचालन गरेर उद्धार अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाहालले दाबी गरे। विदेशी विज्ञहरूले सहयोगको इच्छा देखाउँदा पनि सरकारले ‘हामी आफैँ गर्छौँ’ भन्ने अहङ्कार प्रदर्शन गरेको आरोप उनले लगाए। १०–११ दिनपछि पनि मानिसहरू जीवितै फेला परेकाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैलाई बचाउन सकिने अवस्था रहेको उनले स्पष्ट पारे। दाहालले...
हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया
राजनीति, विश्व, समाचार

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

नेपालअखबार, काठमाडाैँ । दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन्। सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो। दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञ चो ह्युन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानको अनुरोधमा टेलिफोन वार्ता भएको हो। सियोलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले ‘मध्यपूर्वको हालको अवस्था र हर्मुज जलसन्धि’ बारे छलफल गरेका छन्। मन्त्रालयका स्रोतले भनेको छ, “चोले हाम्रो स्पष्ट अडान राख्नुभएको छ ।सम्भावित तैनाथीबारे कुनै निर्णय भइसकेको छैन र हर्मुजमा स्वतन्त्र आवागमन पुनःस्थापित हुनुपर्ने कुरामा जोड दिनुभएको भएको छ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्र दक्...
एमाले कार्यदल बैठक : दुवै प्रतिवेदन अध्ययनपछि निर्णय गर्ने
राजनीति, समाचार

एमाले कार्यदल बैठक : दुवै प्रतिवेदन अध्ययनपछि निर्णय गर्ने

नेपालअखबार, काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो । कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए । बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुन: अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।...
पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
राजनीति, समाचार

पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय  नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्कीसहित दुई पूर्व सचिवसहित उच्च अधिकारीहरू विरुद्ध गत बैशाख २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्‍याएको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले  विमानस्थल निर्माणको अनियमितता प्रकरणमा मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी, संस्कृ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा  पत्र
राजनीति, समाचार

सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा पत्र

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ । शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गर्‍यो । स्रोतले भन्यो, ‘केही साताअघि नै उजुरी दर्ता भएको हो ।’ नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक पदाधिकारीहरूमाथि दुई तरिकाबाट महाभियोगको प्रस्ताव दर्ता हुने परिकल्पना छ । संविधानको धारा १०१(१) मा प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । त्यस्तो प्रस्तावमा ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भ...
कांग्रेसको संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।...
गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग
राजनीति, समाचार, समाज

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन घटाएको उल्लेख गर्दै उनीहरूले अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका हुन्। भदौ २३ मा गृहमन्त्री गुरुङले दिएको समग्र अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै अधिकारकर्मी तथा सरोकारवालाहरूले त्यसको विरोध गरेका छन्। देशमा शान्ति सुरक्षा कायम गर्ने र विपद् व्यवस्थापनको अभिभारा बोकेको संवेदनशील पदमा रहेका व्यक्तिको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्य बुझ्न नसकेको देखिएको हस्ताक्षरकर्ताहरूको निष्कर्ष छ। गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपको अनुसन्धान नै शंकाको घेरामा रहेको सन्दर्भमा प्रेसमाथिको आक्रमण सैह्य नहुने उनीहरूको भनाइ छ। राज्यसंयन्त्रलाई जवाफदे...
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दियो। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुरस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको सचिवालयकाे भनाइ छ ।...
महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा देशव्यापी आन्दोलनको घोषणा
राजनीति, समाचार, समाज

महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा देशव्यापी आन्दोलनको घोषणा

नेपालअखबार, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ग्यासको अभाव र कालोबजारीविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी परिपत्र अनुसार, जनजीविकाका सवाललाई लिएर तत्काल सडक संघर्षमा उत्रिन मातहतका सम्पूर्ण प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस तथा पालिका कमिटीहरूलाई निर्देशन दिइएको हो। परिपत्रमा ग्यासको अभाव, कालोबजारी तथा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको बढ्दो महँगीले गर्दा आम जनताको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको उल्लेख गरिएको छ। विपन्न परिवारको चुलो बल्न कठिन भएको, सुत्केरी आमाहरूले पेटभरि खान नपाउने अवस्था सिर्जना भएको र विद्यार्थीहरू पढ्न विद्यालय जानुको सट्टा ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता बनेको भन्दै संगठनले सरकारको ध...