वैशाख २८-३१ मा कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ ।
सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
‘कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको भन्नुभयो । १५औं महाधिवेशन पुस २६ मा तोकिएको थियो त्यो २०८३ वैशाख २८-३१ गतेको तालिका प्रस्ताव गर्नु भएको छ,’ उनले भने ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
...









