अध्यागमन प्रणाली थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यक : गृहमन्त्री
नेपालअखबार, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताए ।
‘विश्वव्यापी रुपमा अन्तरदेशीय तथा सीमापार सीमापार अपराधहरू (क्रस बोर्डर) अपरामा वृद्धि भइरहेको छ । यसका साथै अपराधमा प्रविधिको व्यापक प्रयोग भई नवीन प्रकृतिका अपराधहरू बढिरहेका छन् । यस्ता नवीन प्रकृतिका विश्वव्यापी अपराधलाई पहिचान गरी अपराध न्यूनीकरण तथा नियन्त्रण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सबलीकरण गर्न अध्यागमन प्रणालीको आधुनिकीकरण ...










