इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति
नेपाल अखबार, एजन्सि।आज २६ सेप्टेम्बर । १९८४ को यही दिन हङकङमाथिको बेलायतको १ सय ५० वर्षे अधिपत्य समाप्त गर्ने विषय सहमतिमार्फत टुुंगोमा पुुगेको थियो । चीन र बेलायतबीचको सहमतिमा दुुई महत्त्वपूर्ण कुरा समावेश थिए – बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तण गर्ने, कम्युनिष्ट राज्य चीनको अधीनमा भएपनि स्वायत्ततासहितको पुँजीवादी शासन व्यवस्था हङकङमा कायमै रहने ।
दुुई वर्षसम्म चलेको निरन्तर संवाद र बहसपछि बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा चीनका लागि बेलायती राजदूत रिचर्ड इभान्स र चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख झोउ नानबीच सहमति भएको थियो, त्यसपछि यसलाई औपचारिक मान्यता दिन बेलायत सरकारसँग माग गरियो ।
सहमतिअनुसार चिनियाँ अधिकारीहरु हङकङलाई उच्च रुपमा स्थानीय स्वायत्तता दिन तयार थिए । यसको अर्थ हङकङमा चलिआएको सामाजिक, आर्थिक र कानूनी प्रणाली कायम रहने, तर यस शहरको रक्षा र विदेशी मामिला बेइजिङले ...
