Monday, July 6

राजनीति

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन
राजनीति, समाचार

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो । ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने माग गरेका छन् ।...
नेकपा स्थायी समिति बैठक असार २६
राजनीति, समाचार

नेकपा स्थायी समिति बैठक असार २६

नेपाल अखबार ,काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।...
राष्ट्रपतिसँग सार्क महासचिवको भेट
राजनीति

राष्ट्रपतिसँग सार्क महासचिवको भेट

नेपाल अखबार, काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्‍ट्रपतिले जोड दिएका राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। रासस...
सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त
राजनीति, समाचार

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त

नेपाल अखबार, काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस...
ओली र प्रचण्डबीच आज पनि छलफल
राजनीति, समाचार

ओली र प्रचण्डबीच आज पनि छलफल

नेपाल अखबार, काठमाडाैं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ। बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो। ‘उहाँहरु (अध्यक्षद्वय) बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुन्छ होला।’ पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो। आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्। नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भ...
मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

नेपाल अखबार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ...
नेकपा स्थायी कमिटीको बैठक स्थगित
राजनीति, समाचार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेपाल अखबार, काठमाडाैं। नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि  स्थगित भएको छ । नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो । नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ । पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।...
नेकपाको विवाद मिलाउन शीर्ष नेताहरुको बैठक शुरु
राजनीति, समाचार

नेकपाको विवाद मिलाउन शीर्ष नेताहरुको बैठक शुरु

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद मिलाउन सोमबार दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री ।केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । बालुवाटारमा नेताहरुबीच आइतबार भएको वार्ता पुनः सोमबार बस्ने गरी सकिएको थियो । आइतबारको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेका थिएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए । आज छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ । यसबीच आजदेखि बस्ने भनिएको स्थायी समिति बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ । स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । त...
प्रधामन्त्रीलाई पद त्याग्न युवा नेता योगेश भट्टराईले गरे सांकेतिक आग्रह
राजनीति, विचार

प्रधामन्त्रीलाई पद त्याग्न युवा नेता योगेश भट्टराईले गरे सांकेतिक आग्रह

नेपाल अखबार, एजेन्सि। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लि रहँदा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गरेका छन्। नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उनले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गरेका हुन्। दक्षिण अफ्रिकी नेता नेलसन मण्डेला, तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी र कांग्रेस नेता कृष्णप्रसाद भट्टराई त्यागका प्रतिमुर्ति मानिन्छ्न्। उनीहरुले आफ्नो जीवनकालमा सहजै पद त्याग गरेर देशलाई निकास दिएका थिए। उनले सामाजिक संजाल ट्वीटरमा पार्टी संकटमा परेको बेला त्याग गर्न नेताहरुलाई लाक्षणिक रुपमा आग्रह गरेका हुन्। आइतबार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्...
सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न आग्रह
राजनीति, समाचार

सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न आग्रह

नेपाल अखबार, काठमाडौं । देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरुलाई आग्रह गरेकी छिन् । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने बताइन् । चलायमन क्षेत्रमा रकम लगानी गर्न सके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने उल्लेख गर्दै उनले संकटको विषयम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउन आग्रह गरिन् । विदेशबाट फर्किएका लाखौ नागरिक मध्ये धेरै फर्किने अवस्थामा नहरेकाले रोजगारीका क्षेत्र...