Monday, August 10

राजनीति

प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको लिखित जवाफ : यो सरकार नियमितभन्दा फरक हो
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको लिखित जवाफ : यो सरकार नियमितभन्दा फरक हो

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफू संविधान अनुसार नै प्रधानमन्त्री भएको दाबी गरेकी छन् । प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले एउटै बेहोराको लिखित जवाफ सर्वोच्चमा पेस गरेका छन् । दुवै लिखित जवाफमा २७ भदौमा प्रधानमन्त्रीका रूपमा नियुक्त भएको कार्की सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा फरक भएको दाबी गरिएको छ । लिखित जवाफमा कार्की नेतृत्वमा बनेको सरकारको बचाउ गर्दै प्रतिनिधिसभा विघटन गलत नभएको तर्क गरिएको छ । सरकार निर्वाचनका प्रक्रियामा अगाडि बढिसकेको अवस्थामा यसलाई रोक्नु अर्को विद्रोह र खतरालाई आमन्त्रण गर्नु जस्तै भएको दाबी जवाफमा गरिएको छ । ‘अन्तिम निर्णयकर्ता सार्वभौम जनता नै हुन्। जनताले आफूमा अन्तर्निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गर्ने प्रत्यक्ष विधि न...
गगन थापाले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक
राजनीति, समाचार

गगन थापाले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक आह्वान भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् । बुधबार बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ । समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन् ।...
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
राजनीति, विचार, समाचार

मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश संविधान विपरीत रहेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको भन्दै सर्वोच्चको आदेश संविधानसँग बाझिएको जिकिर गरे । आफूले अदालतको फैसलाको सम्मान गर्ने भन्दै उनले अदालतले व्यक्तिभन्दा पनि संविधान, कानुन, न्याय हेरेर फैसला गर्नुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई क्रान्ति भन्दै केहि मान्छेहरूले त्यसको लाभ...
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
राजनीति, समाचार

निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

नेपालअखबार,कैलाली ।  गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे । जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनी फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए । लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उ...
सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने
राजनीति, समाचार

सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ । ‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई सोमबार परिपत्र गरेको छ ।कांग्रेस ...
\महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने : नेता कोइराला
राजनीति, समाचार

\महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने : नेता कोइराला

नेपालअखबार, चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

नेपालअखबार, काठमाडौं । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरिएको छ । जस अनुसार सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ । त्यस्तै, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेको खरेलले जानकारी दिए । उनका अनुसार सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक: सम्पती, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ । त्यस्तै भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरेको छ । नेपाली सेनाका तीन जना सहायक रथीको पदा...
१५ मिनेटको फोनकलमा ट्रम्पले मदुरोका माग गरे अस्वीकार, अब मदुरोसँग छैन धेरै विकल्प
राजनीति, विश्व, समाचार

१५ मिनेटको फोनकलमा ट्रम्पले मदुरोका माग गरे अस्वीकार, अब मदुरोसँग छैन धेरै विकल्प

नेपालअखबार, काठमाडौँ ।  भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका लागि अमेरिकाले ग्यारेन्टी गर्ने सुरक्षित मार्ग हुँदै आफ्नो देश छाड्ने विकल्प सीमित हुँदै गएको छ। गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको छोटो टेलिफोन वार्तामा ट्रम्पले मदुरोका धेरै माग अस्वीकार गरेपछि परिस्थिति झनै जटिल भएको अन्तर्राष्ट्रिय समाचार संस्था 'रोयटर्स' ले लेखेको छ। ट्रम्प र मदुरोबीच नोभेम्बर २१ मा टेलिफोन वार्ता भएको थियो। त्यसअघि महिनौंदेखि अमेरिकाले भेनेजुएलामाथि दबाब बढाइरहेको सन्दर्भमा उक्त टेलिफोन वार्ता भएको हो। पछिल्लो समय ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका थिए। सुरक्षा खतरा महसुस गरेर मदुरोले दुई वर्षपछि राजीनामा दिन सहमत भएको समेत भर्खरै सार्वजनिक भएको छ। अमेरिकाले भेनेजुएला छेउछाउ व्यापक सेना परिचालन गरे पनि गोप्य रूपमा अमेरिकी अध...
एमाले महासचिवमा पीएस गुरुङको दाबी
राजनीति, समाचार

एमाले महासचिवमा पीएस गुरुङको दाबी

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङले आगामी ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन् । सोमबार एमाले निकट प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङलाई आगामी महाधिवेशनमा कुन पदमा दाबी गर्नुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले महासचिव पदमा दाबी गर्ने बताएका हुन् । ‘महासचिवमै दाबी गरेको छु मैले’, हाँसेर छोटो जवाफ दिँदै गुरुङले भने, ‘दाबी गर्न त पाइन्छ नि !’ एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले लड्ने बताइसकेका छन् । महाधिवेशनमा गुरुङलाई पोखरेल समूहले आफ्नो प्यानलमा ल्याउने प्रयास गरिरहेका बेला गुरुङले भने ओली प्यानलमै रहने सङ्केत गरेका छन् । एमालेमा ओली समूहबाटै शंकर पोखरेल, प्रदीप ज्ञवाली र गुरुङ गरी तीन जना महासचिवका आकाङ्क्षी देखिएका छन् ।...
कांग्रेस–एमालेलाई भोट दिनु ‘थारो गाई’ दुहुनु जस्तै हो, संसदीय व्यवस्थाले समृद्धि आउँदैन : राजेन्द्र श्रेष्ठ
राजनीति, समाचार

कांग्रेस–एमालेलाई भोट दिनु ‘थारो गाई’ दुहुनु जस्तै हो, संसदीय व्यवस्थाले समृद्धि आउँदैन : राजेन्द्र श्रेष्ठ

नेपालअखबार,विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले पहिचान विरोधी शक्तिलाई भोट दिएका कारण कोशी प्रदेशमा पहिचानसहितको नाम आउन नसकेको टिप्पणी गरेका छन् । सोमबार विराटनगरमा पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेस र एमालेजस्ता दललाई भोट दिनु भनेको ‘थारो गाई’ दुहुनु जस्तै निरर्थक भएको बताए । नेपालमा किराँत, लिम्बुवान र नेपाल मण्डलजस्ता मानव सभ्यताहरु रहेको उल्लेख गर्दै श्रेष्ठले प्रदेशको नाम नदीनालाको आधारमा नभई सभ्यताको आधारमा हुनुपर्ने जिकिर गरे । ‘यहाँका सभ्यता भनेको मानव समुदायको सभ्यता हो, नदीनालाको होइन,’ उनले भने, ‘जनताले सहादत प्राप्त गरिसक्दा पनि पहिचानलाई स्वीकार नगरिनु दुखद् छ । थारो गाईलाई भोट दिएर दूध आउँदैन ।’ नेता श्रेष्ठले नेपालमा २००७ सालदेखि हालसम्म कुनै पनि सरकारले ५ वर्ष पूरा कार्यकाल चलाउन नसकेको भन्दै वर्तम...