Monday, August 10

राजनीति

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
राजनीति, समाचार

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबिच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबिचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। भेटमा मन्त्री गौतमले नेपाल–भारतबिचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन। साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन।राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्त्व दोहो...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक
राजनीति, विश्व, समाचार

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक

नेपालअखबार,काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो । अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ ।बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको ...
नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा हुदै
राजनीति, समाचार

नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा हुदै

नेपालअखबार,बुटवल । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज दाङको देउखुरीमा सभा गर्ने भएको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल , भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । नेकपा माओवादी केन्द्रसहित विभिन्न १५ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।...
धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल
राजनीति, समाचार

धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल

नेपालअखबार,काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले धनगढीको सन्देश सभामा हजारौं मानिसहरू उतार्ने बताएका छन्। जनता समाजवादी पार्टीसहित ४ वटा घटकहरूसँगको एकता समारोहमा बोल्दै सह-संयोजक नेपालले बिहीबार नेपाली कम्युनिस्ट पार्टीले गर्ने सन्देश सभामा तीसौं हजार मानिसहरू उतार्ने बताएका हुन्। ‘भोलिदेखि सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं। पहिलो सन्देश सभा सुदूरपश्चिमको धनगढीमा गर्न गइरहेका छौं। धनगढीमा सुदूरपश्चिमकै नेताहरू बसेर दसौं हजार, बीसौं हजार अझै त्यो भन्दा बढी संख्या तीसौं हजारलाई उपस्थित गर्न लाग्नु भएको छ,’ उनले भने। उनले अरू प्रदेशका कार्यक्रमलाई पनि सफल बनाउन लाग्नका लागि त्यहाँका नेताहरूलाई आह्वान गरे। अरू प्रदेशका कार्यक्रम कति भव्य बन्छ भन्ने कुराले त्यहाँका नेताहरूको परीक्षा हुने पनि सहसंयोजक नेपालले बताए। यसअघि विभिन्न जिल्लामा भएका सन...
प्रधानमन्त्रीको निर्देशन जंग्गी अड्डा पुगेर, चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्
राजनीति, समाचार

प्रधानमन्त्रीको निर्देशन जंग्गी अड्डा पुगेर, चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’ सो क्रममा उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिह...
उज्यालो नेपाल पार्टीले निर्वाचनमा उम्मेदवार बन्न आवेदन माग्यो
राजनीति, विचार, समाचार

उज्यालो नेपाल पार्टीले निर्वाचनमा उम्मेदवार बन्न आवेदन माग्यो

नेपालअखबार,काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो । निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरूबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए । उनले भने, ‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरूबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९...
समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम छैनौं : प्रचण्ड
राजनीति, विचार, समाचार

समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम छैनौं : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको पनि बताए । राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम नभएको उनको भनाइ थियो । ‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं,’ प्रचण्डले भने, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौं । जेनजी युवाहरूको असली अभिभावक बन...
आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी : माधवकुमार नेपाल
राजनीति, समाचार

आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने । शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी नेपालले गरे ।‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिम...
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँ : गृहमन्त्री अर्याल
राजनीति, समाचार

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँ : गृहमन्त्री अर्याल

नेपालअखबार,काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उनले भने, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।” उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबिच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी समेत दिए । साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माण...
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
राजनीति, समाचार

धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा

नेपालअखबार,काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए । उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो । मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो...