Thursday, November 19

विश्व

विस्फोटको आवाज सुनिएपछि कुवेत र बहराइनमा अलर्ट!
विश्व, समाचार

विस्फोटको आवाज सुनिएपछि कुवेत र बहराइनमा अलर्ट!

नेपालअखबार, काठमाडौं । खाडी क्षेत्रका दुई देश कुवेत र बहराइनमा हवाई हमलाको चेतावनी जारी गरिएको छ। दुवै देशमा हवाई रक्षा प्रणाली सक्रिय पारिएको र विस्फोटका आवाज सुनिएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार बहराइनमा फेरि साइरन बजाइएको छ र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। यसैबीच इरानी सञ्चार माध्यमहरूले पनि देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको खबर दिएका छन्। केही घण्टाअघि इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी रडार प्रणालीलाई निशाना बनाएर ध्वस्त पारेको दाबी गरेको थियो। तर अमेरिकी सेनाले उक्त दाबीको पुष्टि गरेको छैन। अमेरिकी सञ्चारमाध्यम एनपीआरका अनुसार मंगलबार (नोभेम्बर १७) इरानले बहराइनस्थित अमेरिकी रडार केन्द्रमा ड्रोन आक्रमण गरेको थियो। पछिल्ला दिनमा बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि इरानले गरेको यो तेस्रो आक्रमण भएको एनपीआरले जनाएको छ। यस्तै, कुवे...
इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
प्रविधि, विदेश, विश्व, समाचार

इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध

नेपालअखबार, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै देशले सोमबारदेखि टेलिग्राम प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई सुदृढ पार्न र साइबर अपराध, धम्की, जबरजस्ती चन्दा असुल्ने र अवैध सामग्रीको प्रवर्द्धन विरुद्ध लड्न यो निर्णय गरिएको हो। बीबीसीका अनुसार , जोर्डनका अधिकारीहरूले अतिवादको फैलावट र राष्ट्रिय सुरक्षामा खतराहरू रोक्नको आवश्यकता पनि औंल्याए । यसैबीच, इराकको सञ्चार तथा सञ्चार आयोगले प्रधानमन्त्री अली जैदीको निर्णयपछि टेलिग्राममाथि प्रतिबन्ध लगाइएको बताएको छ । आयोगका अनुसार, यसको उद्देश्य अतिवाद, हिंसा र घृणा फैलाउन सामाजिक सञ्जालको दुरुपयोग रोक्नु हो। टेलिग्रामलाई आफ्नो सञ्चालनलाई इराकी कानुन र नियमह...
पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने
विश्व, समाचार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

नेपालअखबार, रुवान्डा । युरोपका पाँच देशले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा केन्द्र स्थापना गर्ने भएका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रिस र नेदरल्यान्ड्सले सन् २०२७ देखि सञ्चालनमा आउने गरी यस्तो केन्द्र खोल्ने घोषणा गरेका हुन् । सोमबार भियनामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रियाका चान्सलर क्रिस्टियन स्टोकरले युरोपको शरणार्थी व्यवस्थापन प्रणालीमाथिको दबाब कम गर्न र भूमध्यसागरको बाटो हुँदै हुने जोखिमपूर्ण अवैध आप्रवासन रोक्न यो योजना ल्याइएको बताए । यो योजना पाँच देशमा बसोबास गर्ने तर कानुनी रूपमा बस्न पाउने सबै प्रावधान समाप्त भइसकेका र निष्कासनको प्रक्रियामा रहेका आप्रवासीमा लागू हुनेछ । प्रारम्भिक चरणमा एक सय जनालाई राख्ने तयारी छ । पाँचवटै देशले करिब २०–२० जना पठाउन सक्ने बताइएको छ । नेदरल्यान्ड्स सरकारका अनुसार पहिलो चरणम...
ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ
राजनीति, विश्व, समाचार

ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ

नेपालअखबार, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको साइबर सुरक्षा एजेन्सी एनिसाका कार्यकारी निर्देशक जुहान लेपासारले भने, ‘सुरक्षालाई पछि मात्र सोचिने विषय बनाउनु हुँदैन र सकिँदैन,’ उनले थपे, ‘आज फ्रिज ह्याक भयो, भोलि राउटर हुन सक्छ, पर्सि घरेलु उपकरणहरू हुन सक्छन् र यो क्रम यस्तै चल्न सक्छ।’ लेपासारले ब्रसेल्समा एएफपीसँग कुरा गर्दै एथेन्सस्थित एजेन्सीको ईयूको साइबर सुरक्षा अवस्थासम्बन्धी पछिल्लो द्विवार्षिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा...
इसराइली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर मारिए
विश्व, समाचार, समाज

इसराइली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर मारिए

नेपालअखबार,काठमाडौं । इसराइलले दक्षिणी गजाको खान युनिस क्षेत्रमा गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर समिर अबु युनिस मारिएका छन्। हमासले शनिबार आफ्ना रफाह ब्रिगेड कमान्डर युनिस मारिएको पुष्टि गरेको कतारी मिडिया अल जजिराले जनाएको छ। अलजजिराका अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै खान युनिसमा ड्रोन आक्रमण गरी हमासका एक वरिष्ठ सैन्य कमान्डरलाई निशाना बनाएको बताएका थिए। खान युनिसको अल-मवासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरू बस्दै आएको पाललाई लक्षित गरी आक्रमण भएको थियो। उक्त घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूलाई खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा लगिएको थियो। अलजजिराले प्रमाणित गरेको घटनास्थल नजिकैको भिडिओमा अस्पताल परिसरभित्र एम्बुलेन्स र रगत लागेको देखिने स्ट्रेचरहरू देखिएका छन्। भूमध्यसागरको तटीय क्...
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह
विश्व, समाचार, समाज

गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

नेपालअखबार,काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै अवरोधबिना गाजामा प्रवेश गर्न दिन आग्रह गरेको हो । साथै, राहत सामग्री र अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पुर्‍याउन अनुमति दिनुपर्ने बताएको छ। ईयूले गाजाका सबै सीमा नाका पुनः खोल्न पनि माग गरेको छ । रिपोर्टहरूका अनुसार भारी वर्षा र बाढीका कारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन् । ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ ।बाढीका कारण प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले पहिले नै कठिन अवस्थामा रहेका विस्थापित नागरिकको समस्या थप बढाएको छ ।...
अमेरिकामा तेल बोकेको र यात्रुबाहक पानीजहाज ठोक्कियो
विश्व, समाचार

अमेरिकामा तेल बोकेको र यात्रुबाहक पानीजहाज ठोक्कियो

नेपालअखबार,काठमाडौं । अमेरिकाको न्यु अर्लिन्समा ट्यांकर पानीजहाज र यात्रुवाहक क्रुज पानीजहाज आपसमा ठोक्किँदा ३२ जना घाइते भएका छन्। शुक्रबार मिसिसिपी नदीमा किनारमा रोकिराखिएको यात्रुवाहक पानीजहाज ‘अमेरिकन हेरिटेज’लाई ट्यांकर ‘एट्लान्टिक एस्फाल्ट’ले ठक्कर दिएको थियो। ठक्करपछि क्रुज पानीजहाज पल्टिएर डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनाका बेला क्रुजमा रहेका यात्रुहरू ज्यान जोगाउन हतारहतार बाहिर निस्किएका थिए। केही यात्रु नदीमा खसेका थिए। उद्धारकर्मी, अग्नि नियन्त्रक र अन्य पानीजहाजमा रहेका व्यक्तिहरूले नदीमा खसेका यात्रुको उद्धार गरेका थिए। न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार दुर्घटनामा परेका सबै यात्रु र चालक दलका सदस्यको अवस्था पत्ता लागेको छ। ३२ जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरू कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताइन्। ...
अमेरिकामा एकै दिन ४७०० उडान रद्द, १० हजार बढी उडान ‘डिले’
विश्व, समाचार

अमेरिकामा एकै दिन ४७०० उडान रद्द, १० हजार बढी उडान ‘डिले’

नेपालअखबार,काठमाडौं । शुक्रबार अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूको भीड थियो। कोही आफ्नो गन्तव्यतर्फ उड्न विमान कुरिरहेका थिए, कोही उडानको समय पर्खिरहेका थिए। तर एकाएक हवाई उडानहरू प्रभावित हुन थाले। विमानस्थलका सूचना पाटीमा उडान ढिलाइ र रद्द भएका खबर थपिँदै गए। यात्रुहरू अन्योलमा परे। कतिपयले विमानस्थलमै रात बिताउनुपर्ने अवस्था आयो। कारण थियो– अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्या। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा एकै दिन करिब ४ हजार ७ सय उडान रद्द भएका हुन्। त्यस्तै १० हजारभन्दा बढी उडान ढिला भए।  यसले हजारौं यात्रु आफ्नो गन्तव्यमा पुग्न पाएनन्। समस्या यतिसम्म गम्भीर बन्यो कि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडान नै रोक्नुपर्‍यो। सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिका...
इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प
विश्व, समाचार

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे। यद्यपि, अमेरिकाले इरानको परमाणु कार्यक्रम लामो समयका लागि पछि धकेलियोस् भन्ने कुरा अझै सुनिश्चित गर्न चाहेको उनले बताए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तापछि ट्रम्पले यो बयान दिएका हुन्। उक्त भेटलगत्तै उनी अचानक ह्वाइट हाउसको ब्रिफिङ रुममा पुगेर पत्रकारहरूसँग कुरा गरेका थिए। राष्ट्रपति ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हट्ने सङ्केत पनि दिएका छन्। आइतबार सी...
सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो
विश्व, समाचार

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

नेपालअखबार,काठमाडौँ । पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष छ । यसले कम्तीमा ४ अर्ब १० करोड वर्षअघि नै मंगल ग्रहको सतहमा पानीको प्रभाव परेको प्रमाणसमेत प्रस्तुत गरेको छ । वैज्ञानिकहरूका अनुसार गुलाबी रङको उक्त उल्कापिण्डको रासायनिक संरचना पहिले अध्ययन गरिएका मंगलग्रहबाट आएका अन्य नमुनाभन्दा फरक र विशिष्ट छ । यसको अध्ययनले मंगल ग्रहको प्रारम्भिक भूगर्भीय अवस्था, त्यहाँको सतह र भित्री संरचनाबारे नयाँ जानकारी दिएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीकी ग्रह वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक याङ लिउले यसलाई अत्यन्त दुर्लभ र प्राचीन मंगलग्रहको उल्कापिण्ड भने...