भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने
नेपाल अखबार, एजेन्सि। भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने संकेत दिएको छ।
लकडाउन खुकुलो बनाएयता भारत कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। यतिबेला भारत कोरोना प्रभावित राष्ट्रको चौथो स्थानमा पुगिसकेको छ।
भारतभन्दा प्रभावित राष्ट्र भने अमेरिका, ब्राजिल र रुस हुन्। हालसम्म भारतमा ३ लाख ३२ हजार ७८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
९ हजार ५ सय २३ को मृत्यु भइसक्दा १ लाख ६९ हजार ७४८ उपचारपछि स्वस्थ बनेका छन्।
भारतमा लकडाउन खुकुला बनाइएको केही समयमात्र भएको छ। यसबीचमा भारतमा दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्।
गएको २४ घण्टामा मात्र भारतमा ११ हजार ५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। आइतबार झन्डै १२ हजार संक्रमित थपिएका थिए।
लकडाउन खुकुलो बनाउँदा दिनदिनै ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी लकडाउन फेरि लागू गर्...
