नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार
नेपालअखबार, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ।
कतारी अधिकारीहरूले आजै यसअघि ‘उच्च’ सुरक्षा चुनौतीको अलर्ट जारी गर्दै घरभित्रै बस्न आग्रह गरेका थिए । त्यसको केही समयपछि रक्षा मन्त्रालयले पछिल्लो आक्रमण विफल बनाएको जनाएको हो ।
यसैबीच, रुसले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण रोक्न र वार्तामा फर्कन आह्वान गरेको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्कोले तनाव कम गर्न र द्वन्द्वलाई कूटनीतिक ट्र्याकमा फर्काउन सक्ने कदमहरूका लागि जोड दिइरहेको बताइन्।
उनले यस क्षेत्रभरिको मानवीय अवस्था अत्यन्तै कठिन बनेको चेतावनी दिँदै निरन्तर बढिरहेको तनाव गहिरो चिन्ताको विषय भएको बताइन्।
आफैं युक्रेनसँगको युद्धमा संलग्न रहेको र यो युद्ध अहिले पाँचौं वर्षमा चलिरहेको बेला रुसको य...










