युद्धविराम पूर्णतया झुट इरानी अधिकारीहरुले भने
नेपालअखबार,काठमाडौं । इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको भने पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ । उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’
बीबीसीका अनुसार उनले केही घन्टाभित्रै इरानले इजरायललाई ‘सैन्य प्रतिक्रिया’ मार्फत ट्रम्पको घोषणा झुट भएको प्रमाणित गर्ने बताएका छन् ।
स्रोतका अनुसार, अमेरिकाको यो घोषणा दोहामा रहेको आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको ‘अपमानजनक पराजय’ बाट ध्यान हटाउने प्रयास मात्र हो ।
यद्यपि, हाल...









