Monday, June 1

विश्व

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या
अपराध, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

राहतको पर्खाइमा रहेका २९ जनासहित इजरायलद्वारा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या

नेपालअखबार,गाजा । इजरायली सेनाले राहत बोकेर आइरहेको ट्रकको पर्खाइमा रहेका २९ जनासहित गाजामा कम्तीमा ७२ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार आफ्नो भोको परिवारका लागि खाना पर्खिरहेका नागरिकहरूको समेत इजरायली सेनाले हत्या गरेको जनाएको हो । यो घटना बुधबार मध्य गाजाको नेटजरिम करिडोरको सलाह अल–दिन सडकमा भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै अल जजिराले जानकारी दिएको छ । घटनामा १ सय जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । बुधबार इजरायलले गाजामा हवाई हमला पनि जारी राखेको थियो । दक्षिण गाजाको जेइटोउनमा एक घरमा गरिएको हवाई हमलामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, दक्षिणी गाजामा घरबारविहीन भएकाहरू बस्ने अल–मवासी क्याम्पमा गरिएको हवाई हमलामा ८ जनाभन्दा सर्वसाधारणको मृत्यु भएको थियो । उता, मध्य गाजामा रहेको मेघाजी क्याम्पमा गरिएको अर्को आक्रमणमा...
इरानको समर्थनमा अमेरिकामा प्रदर्शन
राजनीति, विश्व, समाचार

इरानको समर्थनमा अमेरिकामा प्रदर्शन

नेपालअखबार,काठमाडौँ  ।अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीको एक भीडले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् । यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए । तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ । यो प्रदर्शन प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा भएको थियो ।...
इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति
अर्थ, विश्व, समाचार

इसराइल समर्थक ह्याकरहरूले इरानमाथि साइबर हमला गरी चोरे करोडौं डलर डिजिटल सम्पत्ति

नेपालअखबार,काठमाडौँ ।इरानले देशभरि इन्टरनेट सेवा बन्द गरेको छ। साइबर हमला गरेर करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इरानमा पछिल्लो १२ घन्टायता इन्टरनेट ब्ल्याकआउट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'नोबिटेक्स'माथि बुधबार साइबर हमला भएको थियो। प्रो-इसराइली ह्याकरहरूको एउटा समूहले नोबिटेक्समाथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ। उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह 'प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)'ले जिम्मेवारी लिएको छ। उनीहरूले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)लाई लक्ष्य गरेर साइबर हमला गरिएको बताएका छन्। सो समूहलाई इसराइली गुप्तचरहरूले परिचालन गरिएको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको न्युयोर्क टाइम्सले...
ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं
राजनीति, विश्व, समाचार

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्  सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।...
पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प
राजनीति, विश्व, समाचार

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् । यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो । यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् । मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।...
इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण
विश्व, समाचार

इजरायलद्वारा इरानको सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

नेपालअखबार,काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ । इजरायलका सेनाले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा सोमबार राति आक्रमण गरेका हुन् । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्यक्रम प्रस्तोता कार्यक्रम बन्द गरेर बाहिर निस्किएको भिडियो अहिले भाइरल छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही छिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘इरानी राष्ट्रको शत्रुले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’ प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबा...
इसराइली हमलामा मारिए आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारी
विश्व, समाचार

इसराइली हमलामा मारिए आइआरजिसीका गुप्तचर प्रमुखसहित तीन उच्च अधिकारी

नेपालअखबार,काठमाडौं ।  इसराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्। गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको  आइआरजिसीद्वारा सञ्चालित तान्सिम न्युज एजेन्सीलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। इसराइले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ। इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको बताएका छन्। इसराइली हमलामा पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए। आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, ख...
इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना
विश्व, समाचार

इरानी सहर इस्फहानलाई इजरायलले बनायो निशाना

नेपालअखबार,तेहरान । इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् । इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्‍याएको थियो । इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।...
इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
राजनीति, विश्व, समाचार

इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति

नेपालअखबार,काठमाडौँ ।इरानले इसराइल विरूद्धको आक्रमणमा शनिबारदेखि नयाँ प्रविधि र उन्नत क्षमताको ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेको छ। इरानको सरकारी समाचार संस्था फार्सले इसराइल विरूद्धको तेस्रो चरणको हमलामा इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जनाएको छ। इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले सरकारी टेलिभिजनलाई बताएअनुसार यो मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इसराइलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स र अन्य रक्षा प्रणालीलाई छल्न सक्छ। उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्...
इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल
विश्व, समाचार

इजरायल र इरानलाई तनाव रोकेर शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् । ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन् । उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्‍याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’ उर्...