इरानलाई ट्रम्पको चेतावनी- सम्झौता कार्यान्वयन नभए नराम्ररी बम बर्साउनेछौं
नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता कार्यान्वयन गर्न चेतावनी दिएका छन्।
इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेपछि बुधबार फ्रान्समा पत्रकाहरूसँग कुराकानी गर्दै ट्रम्पले सम्झौता कार्यान्वयन नगरे फेरि सैन्य हमला गर्ने चेतावनी दिएका हुन्।
'यदि उनीहरूले सम्झौता उल्लंघन गरे भने हामी उनीहरूमाथि नराम्ररी बम बर्साउनेछौं। म त्यो चाहन्नँ। म उनीहरूले सम्झौताको सम्मान गरून् भन्ने चाहन्छु,' ट्रम्पले भने।
इरानको व्यवहार मन नपरेको खण्डमा पनि फेब्रुअरी २८ दोहोरिन सक्ने उनले बताए।
'यदि मलाई मन परेन वा उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी फेरि उनीहरूको टाउकोमाथि बम खसाल्न फर्किनेछौं,' उनले भने।
इरानलाई चेतावनी दिएपछि भने ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेर इरानले बुद्धिमानी काम गरेको पनि बताए।
हस्ताक्षरपश्चात आगामी ६० दिनभित्र हुने ...








