Monday, July 27

समाचार

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
समाचार, समाज

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक

नेपालअखबार, हङकङ । तिब्बतका उच्च हिमाली मैदानहरूमा, जहाँ चारैतिर हिउँले ढाकिएका हिमाल छन् र कठोर हावाले निरन्तर प्रहार गरिरहन्छ, त्यहाँ वैज्ञानिकहरू सिङ भएका, बाक्लो रौँ भएका याकका क्लोन तयार गर्न व्यस्त छन् । यी तिब्बती याकहरू समुद्री सतहबाट ४,००० मिटरभन्दा बढी उचाइमा रहेका गोप्य प्रयोगशालाहरूमा क्लोन गरिएका हुन् । अनुसन्धानकर्ताहरूको लक्ष्य पहिलेका याकभन्दा अझ स्वस्थ, बढी प्रजनन क्षमता भएका र उत्कृष्ट गुण भएका ‘सुपर याक’ को एउटा विशेष बथान तयार गर्नु हो । वैज्ञानिकहरूको विश्वास छ, यो परियोजनाले तिब्बती समुदायले भूमिदेवताको प्रिय जनावरका रूपमा सम्मान गर्ने दुर्लभ जंगली याकको एउटा प्रजातिलाई पुनर्जीवित गर्ने सम्भावना पनि खोल्न सक्छ । लामा रौँ भएका यी हिमाली गाई वर्गका जनावर तिब्बतको अर्थतन्त्र र संस्कृतिको अभिन्न हिस्सा हुन् । तर घरेलु याक र तिनका जंगली नातेदार दुवै वर्षौंदेखि विभिन्...
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

नेपालअखबार, चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्। ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो। यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए। उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्य...
कोशी प्रहरी प्रमुखमा डीआईजी खनाललाई पठाइयो
समाचार

कोशी प्रहरी प्रमुखमा डीआईजी खनाललाई पठाइयो

नेपालअखबार, काठमाडौं । सुनसरी घटनापछि कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा डीआईजी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका खनाललाई कोशी प्रदेशको डीआईजीको रुपमा गृह मन्त्रालयले सरुवा गरेको हो । सुनसरीमा प्रहरीको गोली लागेर ज्यान गएका बेला कोशीको डीआईजीको रुपमा विनोद घिमिरे थिए । घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर खनाललाई त्यहाँ पठाइएको हो । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।...
डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा
प्रशासन, समाचार

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

नेपालअखबार, काठमाडौँ । सरकारले जारी गरेको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ। मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज ढकालका अनुसार हाल रिक्त रहेका पदमा सरुवालाई प्राथमिकता दिइएको हो। भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले डिजिटल, पारदर्शी र सुरक्षित सरुवा प्रणाली कार्यान्वयनमा ल्याइएको बताउँदै कर्मचारीलाई अनलाइनमार्फत सरुवा निवेदन पेस गर्न आग्रह गरिन्। घरबाटै आवेदन दिन र निवेदनको अवस्था अनलाइनमार्फत लिन सकिने भएकाले कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ। मन्त्रालयले ग...
बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु
समाचार, समाज

बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

नेपालअखबार, बैतडी । बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।...
अमेरिकाको आक्रमण रोकिन्जेल इरानले पनि हमला नगर्ने!
राजनीति, विश्व, समाचार

अमेरिकाको आक्रमण रोकिन्जेल इरानले पनि हमला नगर्ने!

अमेरिकाले इरानमाथि हमला नगरिन्जेल इरानले पनि आफ्ना आक्रमण स्थगित गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहाकारहरूले इरानमा निसाना लगाउने क्षेत्र सकिँदै गएको र अमेरिकी हतियारको भण्डार पनि रित्तिने चिन्ता व्यक्त गरेपछि उनले इरानमाथिको बमबारी रोकेका छन्। यस्तोमा अमेरिकाले इरानमाथि हमला रोकिन्जेल इरानले पनि आक्रमण नगर्ने भनेर एक वरिष्ठ इरानी अधिकारीले समाचार संस्था रोयटर्सलाई आइतबार बताएका छन्। इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकाले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेको थियो। त्यसपछि शनिबार वा आइतबार दुवै दिन कुनै पनि अमेरिकी आक्रमण भएको छैन। प्रत्येक रात अमेरिकी आक्रमण पछि अमेरिकी सैन्य अखडा रहेका छिमेकी मुलुकहरूमा प्रहार गरिरहेको इरानले पनि दुई दिनदेखि आक्रमण रोकेको छ। इरानको नीति ‘जस्तालाई त्यस्तै’ रहेको औंल्याउँदै ती अधिकारीले भने, 'यद...
नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
समाचार, समाज

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै

नेपालअखबार, काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा आज बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्नेछन् । विवरणअनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ ।केही दिन सुरुङमार्ग...
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
राजनीति, समाचार

सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

नेपालअखबार, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए । सांसद थापाले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जनाए। डिजे बजाउने विषयमा भएको विवाद उग्र बन्दै झडपमा परिणत भएपछि प्रहरीले गोली चलाएको थियो। घटनापछि उक...
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
समाचार, समाज

भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ

नेपालअखबार, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा आदिकवि भानुभक्त आचार्य र प्रेरणादायि घाँसी खड्क बहादुर ठाडा मगरको सालिक तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ०७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवर रहेका छन्। गत साउन ०७ गते राती करिब २२:३० बजेको समयमा मध्यनेपाल नगरपालिका वडा नं. ०४ दुईपिप्ले बगैँचा रिस्ति खोलापुल नजिकै रहेको भानु घाँसी संवाद पार्कभित्रका सालिकहरूमा अज्ञात व्यक्तिहरूले तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ०८ गते कुँवरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार पक्राउ परेका कुँवरलाई जिल्ला अदालतबाट आपराधिक उ...
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
दुर्घटना, समाचार

बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु

नेपालअखबार, रौतहट । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ। आज बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते सोयबलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी सामान्य घाइते भएका छन्। उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट गंग...