Tuesday, July 14

समाचार

हालसम्म पाँच हजार सवारी लाइसेन्स छापिए
प्रशासन, समाचार

हालसम्म पाँच हजार सवारी लाइसेन्स छापिए

नेपालअखबार,काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ । विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन् निर्देशक खतिवडाले भने, ‘हामीले ७ हजार डेटा उपलब्ध गराएका थियौँ । त्यसमध्ये ५ हजार छापिएर आइसकेका छन् । ती लाइसेन्स वितरणका क्रममा छन् ।’ गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।...
साँझ ७ बजेबाट मतदान हुने एमाले महाधिवेशन
राजनीति, समाचार

साँझ ७ बजेबाट मतदान हुने एमाले महाधिवेशन

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो । मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ । यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ। स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।...
निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा
राजनीति, समाचार

निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा

नेपालअखबार,काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् । निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मंगलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको उनले बताए । निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरू प्रतिनिधि सभामा पठाउन सोच्नुपर्ने पनि बताए । ‘निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न कानूनमा संशोधन गर्न आवश्यक छ भने अध्यादेशको माध्यमबाट लिएर आउनुस्, निर्वाचनलक्षित अध्यादेश ल्याउनुहोला । त्यही रुपमा हामी हेर्नेछौँ, किनभने निर्वाचनको विकल्प छैन,’ मन्त्री सिन्हाले भने, ‘अब राजनीतिक दलहरुसँग पनि निर्वाचनको लागि वातावरण बन्दै गएको अवस्था हामीले देखेका छौँ । निर्वाचन आयोगलाई त्य...
यातायात बन्द नगरिकनै निर्वाचन गराउने तयारीमा आयाेग
प्रशासन, समाचार

यातायात बन्द नगरिकनै निर्वाचन गराउने तयारीमा आयाेग

नेपालअखबार,काठमाडाैँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन् । उनले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए । विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको भनाइ छ । उनले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्‍याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैँले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।...
पुस दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी
राजनीति, समाचार

पुस दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको उनले बताए । अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए । उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए । करिब १० दिनसम्मका लागि बिजनेस भए पनि अरू बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘पुस १२ गते बैठक बोलाउँछु । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल ...
कांग्रेस र एमालेले सभामुखमा दाबी गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित
राजनीति, समाचार

कांग्रेस र एमालेले सभामुखमा दाबी गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित

नेपालअखबार,बागमती । बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए । “हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भने, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा ...
काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह
समाचार, समाज

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

नेपालअखबार,काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौं समग्रमा संसारकै अस्वस्थ सहरमध्ये ११औं स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । यी दुवै सहरमा वायु प्रदूषणले खतरनाकको तह अर्थात ३१५ नाघेको छ ।...
मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा
समाचार, समाज

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

नेपालअखबार,मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ। मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन्। यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–म...
चार लेनको मादी पुल अन्तिम चरणमा
समाचार, समाज

चार लेनको मादी पुल अन्तिम चरणमा

नेपालअखबार,तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए। उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए। सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने ...
एमाले महाधिवेशन मतदानको समय सर्‍यो
राजनीति, समाचार

एमाले महाधिवेशन मतदानको समय सर्‍यो

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुनुअघि उम्मेदवारहरु र तिनका समर्थकहरु मतमाग्न व्यस्त छन् । मतदान स्थल भृकुटीमण्डपमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको बिहानैदेखि चहलपहल छ । मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएपछि उम्मेदवारहरुले प्रचार प्रसारको समय पाएका छन् । कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन् । समर्थकहरु उम्मेदवारको नाम लिँदै नारा लगाइरहेको पनि सुनिन्छ । कतिपय भने शान्त तरिकाले भोट मागिरहेको देखिन्छ । प्रदर्शनी मार्ग क्षेत्रको सडकमा एमाले कार्यकर्ताहरुको भिड देखिन्छ । त्यसैले प्रहरीले सो सडक बन्द गराएको छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेस...