लम्कीचुहा अस्पताल विवाद : मेयरको राजीनामा माग्दै नगरपालिकामा तालाबन्दी
नेपालअखबार, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो ।
प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै मेयर सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन् ।
अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । सो क्रममा नेपाल प्रहरी र नगर प्रहरीसँग स्थानीयको भनाभन भएको छ ।
स्थानीयले वडा नम्बर ४ को कार्यालयमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर र कर्मचारीलाई मेयरले अवरोध गरेको विरोधमा नगरपालिकामा तालाबन्दी गरिएको बत...










