Tuesday, September 8

समाज

१५१ किलोको माला किसान र सोनललाई
समाचार, समाज

१५१ किलोको माला किसान र सोनललाई

नेपालअखबार, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए । ४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि नै अन्तिम मतपरिणाम आएको भए पनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्...
मतदान गर्न घोडा चढेर एक दिनको बाटो
समाचार, समाज

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

नेपालअखबार, गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली शनिबार धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उनको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताए । मतदानका लागि गाउँबाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उनले जानकारी दिए...
नुवाकोटमा आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा
समाचार, समाज

नुवाकोटमा आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

नेपालअखबार, नुवाकाेट। यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभइ आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार आयोगबाट प्राप्त कार्यादेशबमोजिम शुक्रबारसम्म मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेका छन् भने मतदान स्थलमा गर्नुपर्ने तयारीको कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । “मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध...
हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो
समाचार, समाज

हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो

नेपालअखबार, खजुरा (बाँके) । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा ३५०० क्विन्टल चामल पुर्‍याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्‍याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए  । उनका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन । ३५०० क्विन्टलमध्ये २००० क्विन्टल चामल हवाई मार्गबाट पुर्‍याउने लक्ष्य रहेको छ । त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको ...
रुघाखोकी लाग्दा दही खान मिल्छ ?
समाचार, समाज, स्वास्थ्य

रुघाखोकी लाग्दा दही खान मिल्छ ?

नेपालअखबार, पाेखरा । धेरैजसो मानिसहरु रुघाखोकी लाग्दा दही खान छोड्छन् । कतिपय मानिसहरु रुघाखोकीमा दही खाँदा समस्या झनै बढ्ने विश्वास गर्छन् । के यो साँच्चै हाने ? रुघाखोकी लागेको बेला दही खानु हुँदैन ? चिसो लागेमा दही खानु पर्छ कि पर्दैन जान्नुहोस् । यो ठ्याक्कै यस्तै हो भनेर भन्न सकिँदैन, किनकि कसैलाई दही खाँदा कुनै समस्या हुँदैन, तर कसैको रुघाखोकी धेरै बढ्छ । हुन त दही एक यस्तो खाद्य पदार्थ हो, जुन धेरै सजिलै पच्छ । यसमा धेरै राम्रो ब्याक्टेरिया हुन्छ, जुन पेटका लागि स्वस्थकर हुन्छ । मानिसहरुलाई यो पनि थाहा थियो कि यी राम्रा ब्याक्टेरियाले थप कफ निम्त्याउँछ, जसको कारण अवस्था सुधार हुनुको सट्टा बिग्रन्छ । यदि तपाईंलाई कुनै प्रकारको समस्या हुने डर छ भने दहीको सेवन नगर्नु नै राम्रो हुन्छ, विशेषगरी रातिको समयमा यसको सेवन गर्नु हुँदैन । के दहीमा पाइने पोषक तत्वले रुघाखोकी र फ्लूसँग ...
डोटीमा एक पुरूष मृत फेला
समाचार, समाज

डोटीमा एक पुरूष मृत फेला

नेपालअखबार, डोटी। डोटीमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्। जोरायल गाउँपालिका –३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। उनी जोरायल गाउँपालिका-३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए। प्रहरीका अनुसार उनी भारतको सिमलामा काम गर्दै आएका थिए। भोली हुने निर्वाचनमा मतदान गर्न उनी घर फर्किएका थिए। अत्यधीक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनको साथमा झोला, प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ।...
विराटनगरमा शंकास्पद वस्तु भेटियो
समाचार, समाज

विराटनगरमा शंकास्पद वस्तु भेटियो

नेपालअखबार, विराटनगर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेर उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाएको छ ।...
चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु
समाचार, समाज

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु

नेपालअखबार, चितवन। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ । रासस...
काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला
समाचार, समाज

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

नेपालअखबार, काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले  बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’ बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।...
रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर
समाचार, समाज

रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर

नेपालअखबार, रौतहट। रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गर्नुका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले जानकारी  दिए । घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न  भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको थियो । सो पछि मदिरा सहित  भनिएको उक्त गाडी त्यहाँबाट भाग्न सफल भएको थियो । लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।...