कालिकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते
नेपालअखबार, सुर्खेत। कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।
शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।
उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।
तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए।
उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए।
घटनामा तीन जना गम्भीर घाइते समेत छन्।
सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन्।
कमलको दाहिने हात र दुबै खुट्टा भाँचिएको छ। मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्श...










