Monday, May 4

समाज

तुइन खोलाको पहिरो भोलि मात्रै पन्छाइसकिने
समाचार, समाज

तुइन खोलाको पहिरो भोलि मात्रै पन्छाइसकिने

नेपालअखबार, भरतपुर। सडक डिभिजन भरतपुरले तुइन खोलाको पहिरो बिहीबार दिउँसो मात्रै पन्छाइसकिने बताएको छ। मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा मंगलबार अपराह्न भीषण पहिरो खसेर यातायात अवरूद्ध भएको थियो। सडक डिभिजन भरतपुरले मंगलबारबाटै पहिरो पन्छाउन थाले पनि ठूलो मात्रामा चट्टान सहितको माटो थुप्रिएकाले पन्छाउन समय लाग्ने बताएको हो। सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलामा मंगलबार अपराह्न १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको छ। ‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरोमा बुधबार बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरू भइरहेको छ। माथिबाट अब थप ठूलो पहिराको सम्भावना कम रहेको भए तापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्ण रूपमा तल नझरिसकेको हुँदा अझै सानोतिनो ढुंगाहरू झर्न सक्ने सम्भावना रहेको देखिन्छ। हाम्रा उपकरणहरू र चालकहरू सुरक्षित रहँदै निरन्तर रूपमा पहिरो सफा गर्ने क...
पोखराको सडकमा उत्रिए सहकारी पीडित, प्रमाण जलाउनेलाई कारबाही गर्न माग
समाचार, समाज

पोखराको सडकमा उत्रिए सहकारी पीडित, प्रमाण जलाउनेलाई कारबाही गर्न माग

नेपालअखबार,पोखरा। पोखराका सहकारी पीडितहरूले मंगलबार सडकमा विरोध प्रदर्शन गरेका छन्। जेनजी प्रदर्शनका नाममा घुसपैठ गरेर सहकारी ठगीको मिसिल र प्रमाणहरू नष्ट गरेको भन्दै पीडितहरूले सडक प्रदर्शन गरेका हुन्। पीडितले पोखराको पृथ्वीचोकबाट निकालेको विरोध जुलुस सहिदचोक पुगेको छ। उनीहरूले कारागारबाट भाग्ने र भगाउनेलाई कारबाही गर, कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई तत्काल पक्राउ गर, अदालत, पोखरा महानगरको सहकारी शाखा लगायत जलाउनेलाई कारबाही गर, सहकारीको मुद्दा प्राथमिकतामा राखेर फैसला गर लगायतका नारा लगाउनुका साथै प्लाकार्ड बोकेका छन्। प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालय जलाउँदा सबभन्दा पहिले सहकारी शाखामा आगो लगाएका थिए। यस्तै, जिल्ला अदालत र उच्च अदालतमा पनि सहकारीको मुद्दा राखिएको फाँटबाट आगो लगाएको पीडितहरूले बताएका छन्। सहकारी ठगीका अभियुक्तहरू प्रदर्शनमा घुसपैठ...
चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ
प्रशासन, समाचार, समाज

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

नेपालअखबार, चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२  वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ । निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उनले जानकारी दिए । उनले भने, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैला...
चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

नेपालअखबार, चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो । “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो”, प्रमुख रुपाखेतीले भने । जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै ...
असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ आइपुग्ने
समाचार, समाज

असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने,“पानीको बहाव घटेको छैन । बहाव घटेपछि पानी ल्याउने तयारी छ ।” वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताए । केही दिनयता दैनिक ठुलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाउन समस्या भएको उनको भनाइ छ । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक  काठमाडौँमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्...
आज अवरुद्ध भएका सडकहरू
समाचार, समाज

आज अवरुद्ध भएका सडकहरू

नेपालअखबार,काठमाडौं । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् । आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ । पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड-२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित सडक पूर्ण रुपमा बन्द भएको छ । अव...
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
समाचार, समाज

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

नेपालअखबार,काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि  रुट परमिट खुला गरिएको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट-काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।...
आज घटस्थापना दशैं सुरु
धर्म/संस्कृति, समाचार, समाज

आज घटस्थापना दशैं सुरु

नेपालअखबार, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । ‘जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी...
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु

नेपालअखबार,गाजा । गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ। आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो। गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थिए। आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ। मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन्। प्यालेस्टिनी परिवारले भग्नावशेषमा फसेका अन्य सदस्यहरूलाई बाहिर निकाल्न मद्दतका लागि तत्काल अपिल गरेका छन्। परिवारका सदस्यहरूले भग्नावशेषबाट अझै पनि आवाजहरू सुनिरहेको बताएका छन्। एक परिवारका सदस्यले भने, ...
पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
पर्यटन, समाचार, समाज

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

नेपालअखबार,म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वाता...