एकतर्फि प्रेमकाे विकल्प एसिड देख्ने ति अमानवहरू ………
सलमा बेगम काठमाडाैंं। तपाइलाई तपाइको शरीरको कुनै अङ्गमा कुनै पनि लापरवाही या दुर्घटनाबस केही तातो बस्तुले पोल्दा वा डाम्मिदा कस्तो अनुभव गर्नु हुन्छ? पक्कै कसैले गर्नु भएको छ होला ,हामी हत्तपत्त हात या शरीर या आङ्ग हटाइहाल्छौ,आथा पोल्यो भन्छौ,हतारहतार चिसो पानीमा डुबाउछौ या पखान्छौ,केही अरु घरेलु उपचार गरि हाल्छौ जस्ले हाम्रो जलनलाई कम गरोस,जलेको या पोलेको प्रकृति हेरेर हामी तुरुन्तै अस्पताल कुदछौ,मलम पट्टि लगाउछौ,डा• ले यति %जलेको रैछ भन्नू हुन्छ तेसै अनुसार उपचार सुरु हुन्छ, केही दिन या महिना उपचार चल्छ अन्तत घाइते या बिरामी निको भइ घर फर्कन्छ।
यो सामन्य बर्न को घट्ना हो, तर आज भोलि हामीले देखेको र सुनेको बर्न केस असामान्य किसिमका छन केहि अन्जानमा ,दुर्घटना बस जलेको नभइ नियतबस योजनाबद्ध रुपले आगो पानी या तातो वस्तुले हैन छाला,कोष,र तन्तु मात्र नभै हड्डी र जोर्नी समेत प्वाल पार्न सक्ने श...
