Monday, May 11

Tag: स्कुल

पाल्पाका विद्यालयमा पढाइ शुरु
शिक्षा, समाचार

पाल्पाका विद्यालयमा पढाइ शुरु

पाल्पा ।कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन/ तीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ । विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले विद्यालय समयमा एउटा कक्षाको विद्यार्थी अर्को कक्षाकोसँग...