Tuesday, April 21

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

नेपाल अखबार, सर्लाही । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ ।
पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *