Wednesday, May 20

भारतको झारखण्डमा मात्रै काेराेनाबाट ४ हजार प्रहरी संक्रमित, ९ जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको झारखण्ड राज्यमा कोरोना भाइरसले प्रहरीलाई निकै सताएको छ।
त्यहाँ अहिलेसम्म ४ हजारभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्।
बीबीसी हिन्दीका अनुसार झारखण्ड राज्यमा कोरोनाको संक्रमणमा परेका प्रहरीको संख्या ४ हजार ४५ पुगिसकेको छ।

तिनमा २ एसएसपी, ३ एसपी र १४ डीएसपीसमेत छन्। संक्रमित प्रहरीमध्ये ९ जनाको मृत्युसमेत भइसकेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *