Saturday, July 25

‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे

नेपाल अखबार, एजेन्सि। अस्ट्रेलियामा छानोबाट अचानक दुई ठूला अजिंगर घरभित्र खसेका छन्।
अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरकाे छानोबाट दुईवटा अजिंगर काेठाभित्र खसेका हुन्।
ajingar3
तीमध्ये एउटा सुत्ने कोठा र अर्को बैठक कक्षमा खसेको उनले बताएका छन्।
अजिंगर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार २.८ मिटर र २.५ मिटर लम्बाइका ती अजिंगरको कूल ताैल २२ किलो थियो।
पोथीका लागि जुध्दै गर्दा ती दुई अजिंगर घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिंगर फेला परेन।
घरधनी टेटले घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो भाग खसेकाे देखेपछि पल्टाएर हेर्दा ती अजिंगर फेला पारेका हुन्।
ajingar2
आफ्नो छतबाट ती सर्प खसेको कुरा घर पुगेपछि मात्रै थाहा पाएको उनले फेसबुकमा लेखेका छन्।
त्यसअघि आफूले आफ्नो घरको छानोमा सर्पहरू घाम तापिरहेको देखेको पनि ती घरधनीले बताएका छन्। बीबीसीबाट

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *