Monday, July 6

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंका गरिएकी महिला पक्राउ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंका गरिएकी एक महिला पक्राउ परेकी छिन्।

Advertisement
क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा न्युयोर्कको सीमामा ती महिलालाई गिरफ्तार गरिएको सीएनएनले जनाएको छ।
ती महिलाको साथबाट एक थाक बन्दुक पनि फेला परेको अमेरिकी अधिकारीहरुले बताएका छन्।
गतहप्ता मात्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई क्यानडाबाट एउटा पत्र पठाइएको थियो। उक्त पत्र ह्वाइट हाउस पुग्न अगाडि नै नियन्त्रणमा लिइएको थियो।
त्यस पत्रमा ‘रिसिन’ नामको विष लतपत गरिएको भेटिएको थियो।
यस विष सेवन गरिएमा अथवा यस विष जुनै माध्यमबाट पनि शरीरमा प्रवेश गरेमा मानिसहरुको मृत्यु हुने र यसको उपचार नहुने बताइएको छ।
हाल पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरीले यतिबेला यस विषयमा अनुसन्धान गरिरहेको छ।
यसअघि पनि ह्वाइट हाउसमा विषाक्त पत्र, पार्सलहरु पठाइएको थियो। एजेन्सी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *