Saturday, April 18

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा, लिए सपथ

नेपाल अखबार, पाेखरा। गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोट नियुक्त हुनुभएको छ । उपकुलपति नियुक्त भएका देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन्।
उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए।
यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए। देवकोटालाई पाँच वर्षे कार्यकालका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति बनाइएको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *