Wednesday, July 8

७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई शुक्रबार राति पक्राउ गरिएको हो।

Advertisement
Advertisement

उनले ७ वर्षीया बालिकामाथि गत असार १३ गते बलात्कार गरेको आरोप छ।

Advertisement

उनीहरू छिमेकी समेत हुन्। किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको भन्दै कार्यालयमा जाहेरी परेको थियो।

जिल्ला अदालत सिन्धुपाल्चोकबाट किशोरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।