Wednesday, August 5

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश, निबेदक माथी धम्की

नेपालअखबार, पोखरा  । पोखरा महानगरापालिका वडा नं ३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत, पोखरामा उजुरी परेको छ । बिगत लामो समय देखि बिबादमा रहेको उक्त सामुदायिक बनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको बिषय अदालतमा पुगेको छ । उच्च अदालत पोखरामा उक्त बनका उपभोक्ताले अदालतमा उजुरी हालेका हुन । उक्त क्षेत्रमा करिव २० वटा घर र्निमाण गरि अतिक्रमण गरिएको छ । जिल्ला बन कार्यालय, डिभिजन बन कार्यालयमा लामो समय देखि छलफल हुदै आएपनि अतिक्रमणको प्रमाण हुदाहदै पनि कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोले आफुले बाद्य भएर अदालत सम्म जानपरेको निबेदक बाबुराम अधिकारीले जानकारी दिनुभयो । उच्च अदालत पोखराले भने उक्त उजुरी उपर कारण देखाउ आदेश जारी गरेका छ । अदालतको आदेश अनुसार बन क्षेत्र भित्र के कसो भएको हो ? निबेदकको माग अनुसार कार्वाही किन नगर्ने भनि १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । निबेदक अधिकारीले डिभिजन बन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय , पोखरा,पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं ३३ लगायत ३० जनालाई बिपक्षी बनाउनु भएको छ ।
अदालतमा उजूरी गरेपछि आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको अधिकारीले बताउनु भयो । अतिक्रमणकारीले जुनसुकै अबस्थामा जे पनि हुन सक्ने भन्दै धम्काएको उहाँको भनाइ छ । आफुले सुरक्षाको प्रत्याभुतका लागि प्रहरीमा निबेदन समेत दिएको उहाले बताउनु भयो । पुर्ब वडा अध्यक्ष लगायतको संलग्नतामा बन क्षेत्र भित्रको जमिन दर्ता गर्न भनी स्थानिय स्तरमा नै एक आयोगको नाम दिएर घरधुरी र जमिन ओगटेको आधारमा दर्ता प्रकृया अगाडी बढाउन खोजेपछि जिल्ला बन कार्यालयले रोकेको थियो । तर अतिक्रमणकारीलाई भने कुनै कार्वाही गरिएको थिएन ।केही थुनामा राखेर निकालिएको स्रोतले बताएको छ । निबेदक अधिकारीले कानुन बमोजिम हुने र्निणय मान्न छाडेर कानुन हातमा लिन आफुलाई डर र धम्की दिन थालेको बताउनु भयो । राज्यको सम्पतीलाई राज्यकै अधिनमा राख्न आफुले चालेको कदममा साथ दिन उहाले सबैलाई आग्रह पनि गर्नुभएको छ ।

Advertisement
Advertisement

Advertisement