Wednesday, July 15

डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, डाेटी।   एकीकृत समाजवादी डाेटि जिल्ला कमिटिकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले वर्तमान समयमा देशभर  एमाले परित्याग गरेर  नेकपा (एकीकृत समाजवादी) मा प्रवेश  गर्ने क्रम बढ्दै  आएको बताए । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने  ।

Advertisement

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”

Advertisement
Advertisement

डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश  गरेका छन् ।  डाेटीकाे सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा 263 जनाले  एमाले परित्याग गरेका हुन् ।  नेकपा  एमाले परित्याग गर्ने  क्रममा   90 वर्षिय भीम बहादुर माझी  देिख 20 वर्षिय शीला थापा मगर लगायत 263 जनाले   रहेका छन् ।

Advertisement

उक्त कार्यक्रममा पार्टि पाेलिटव्युराे सदस्य तथा पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम आले ज्यु ,   प्रदेशका अध्यक्ष हर्क सिंह, केन्द्रिय सदस्य   पूर्ण   जाेशी, सिता रायमाझी  लगयतका नेताले  सम्वाेधन गरेका थिए ।

डाेटि जिल्ला कमिटिकाे अगुवा कार्यकर्ता भेला  जिल्लाअध्यक्ष  दिर्घराज बोगटीकाे अध्यक्षता मा सम्पनन भएकाे थियाे । सचिव गोरख बहादुर सार्की ले कार्यत्रम सञ्चालन गरेका थिए  ।