Wednesday, April 22

लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालअखबार,  लमजुङ। लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९  साल्मे बस्ने बर्ष २७ का यमबहादुर रानामगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७  दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।