Wednesday, July 15

ब्रान्डले तर्साउन खोजेको आरोपबारे दीपकराज भन्छन्- हामी पनि सुरुमा ब्रान्डसँगै भिडेका थियौं

नेपालअखबार,काठमाडौं । फागुन १९ गते ‘छक्कापञ्जा ४’ को रिलिज मिति घोषणा गरेपछि यतिबेला निर्माता दीपकराज गिरीले आरोपको सामना गर्नु परिरहेको छ ।

Advertisement

ब्रान्डले तर्साउन खोजेको भन्दै सोही मितिमा आउन लागेका अन्य फिल्मका निर्माताले असन्तुष्टि जनाइरहेका छन् । सबैभन्दा सुरुमा शर्मिला पाण्डेको ‘परस्त्री’ले उक्त मिति तय गरेको थियो ।त्यसपछि सोही मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ पनि जोडिए । रिलिजको सूचीमा ‘छक्कापञ्जा ४’ पनि थपिएपछि ती निर्माता आक्रोशित मात्र छैनन्, उनीहरुले चलचित्र विकास बोर्डलाई समेत गुहारेका छन् ।यस्तोमा ‘छक्कापञ्जा’ निर्माता तथा अभिनेता गिरीले आफूमाथि आरोप लगाइरहेका निर्मातालाई जवाफ दिएका छन् । फिल्म ब्रान्डले नभई राम्रो कन्टेन्टले चल्ने गिरीको तर्क छ ।हामी पनि सुरुमा ब्रान्ड थिएनौं । ६ एकान ६ रिलिज हुँदा सुरज सुब्बा नाल्बोको बितेका पल, शिव रेग्मीको पराइजस्ता ब्रान्डहरु जुधेका थिए । तर हाम्रो फिल्म चल्यो । ब्रान्डभन्दा पनि कन्टेन्ट महत्वपूर्ण हो,’ उनले भने ।बलिउडमा पनि ‘द कश्मीर फाइल्स’ चल्दा अन्य ठूला फिल्म असफल भएको उदाहरण उनले दिए । ‘दर्शकलाई ब्रान्ड होइन, राम्रो फिल्म चाहिएको छ । यदि फिल्म राम्रो छ भने निर्माता डराउनुपर्दैन । झिंगेदाउ पनि दोस्रो साताबाट उकालो लागेको हो,’ उनले भने ।

Advertisement
Advertisement

Advertisement