Wednesday, July 15

प्रेम आलेको आक्रोश डोटीमा गठबन्धन नभए कहिँ पनि हुन्न

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले डोटीमा नेपाली कांग्रेसका नेताहरुले गठबन्धन गर्न नहुने भनेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर कांग्रेस नेताहरुले भेला गर्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

Advertisement

‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदि गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने ।

Advertisement
Advertisement

स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमा एकीकृत समाजवादीले १० वटा वडामा मात्र उम्मेदवारी दिएर अरु दललाई छाडिदिएको आलेले बताए । ‘भोटको कुरा हुन्छ ? स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौंको मेयर बालेनको मत कति थियो ?’ उनले भने पूर्वमन्त्री आललेले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए ।

Advertisement