Saturday, November 1

एकीकृत समाजवादीद्वारा समानुपातिक सदस्यको नाम सिफारिस

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३ औ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको क्लष्टरका आधारमा सदस्यको नाम छनोट गरेको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
सदस्यमा प्रदेश १ बाट विद्या चाम्लिङ राई हुनुहुन्छ । मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस गरेको छ । बाग्मतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम छनोट गरिएको छ । लुम्बिनीबाट भगवती अधिकारीको सिफारिस गरिएको छ । कर्णाली कल्याणी खडका र सुदुर पश्चिमबाट माया पन्तको नाम सिफरिस भएको छ ।
सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन समेत गरेको पार्टीका महासचिव डा.बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।

Advertisement

319201586_3355098344749120_7998977163035397925_n1670671976.jpg

Advertisement