Wednesday, July 15

यतिबेला कुनै पार्टीमा विलय नहुने सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु यतिबेला कुनै पार्टीमा विलय नहुने प्रष्ट्याएका छन् ।

Advertisement

शनिबार जारी पार्टी स्थायी कमिटीको बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरु कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा नरहेको बताएका छन् ।

Advertisement
Advertisement

उनको प्रतिवेदनमा भनिएको छ, ‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं । तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन ।’

Advertisement

कम्युनिष्ट एकताको नाममा आफूहरुले पहिला नै धेरै तिता नमिठा अनुभवहरु भोगिसकेको उल्लेख गरेका छन् । कम्यूनिष्टहरूको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता भएको बताए ।

केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन भन्ने कुरा विगत ३ वर्षको अवधिमा भोगिसकेको बताएका छन् ।

‘नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइरोइ भोग्नुपरिरहेको छ । त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ । हामीले त्यस्ता दुर्घटनाहरुबाट गहिरो शिक्षा लिनुपर्छ । पार्टी र पार्टी नेता कार्यकर्ताहरुलाई त्यस्ता दुखद परिणामहरु बाट बचाउनुपर्छ’, उनले भनेका छन्, ‘हाम्रो एकता बैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता हो । यस्तो एकताका निम्ति हामी सधैं तत्पर हुनुपर्छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि आफूलाई औपचारिक पत्र लेख्नुपर्ने माग गरेका छन् ।

‘सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्टीलाई सहभागी गराउने इच्छा भएमा ससम्मान औपचारिक पत्र पठाउनुपर्छ । त्यो पत्रको सारतत्वलाई हेरेर हाम्रो पार्टीको आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्दछ’ उनले भनेका छन् ।

सरकारमा सहभागी हुनेबारे नेकपा एसका नेताहरु दुई धारमा बाँडिएका छन् । अहिले त्यसबिषयमा छलफल गर्न बैठक जारी छ ।