Thursday, May 7

वन मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालअखबार, सुर्खेत। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् ।

गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

Advertisement

उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा २५ हजार ३१२ रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।