
नेपालअखबार, काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरी पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
पुस्कर अर्थबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिना पनि भएको छैन ।

