
नेपालअखबार, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई मंगलबार कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले राहत वितरण गरेका हुन् ।
नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरिएको कार्यवाहक नगरप्रमुख देवकोटाले बताए ।
सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु भएको थियो।
अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।

