Thursday, July 23

मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने

नेपालअखबार, जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेस प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् ।

Advertisement

नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताएका हुन् । उनले भने, ‘हामीले कांग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’

Advertisement
Advertisement

आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेस प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ ।

Advertisement

उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । ‘आज पनि भेटघाट हुँदा कुरा भएकै थियो,’ उनले भने, ‘सरकार परिवर्तनबारे त्यस्तो केही कुरा भएको छैन ।’

यता जसपाका एक नेताले समेत मधेस प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने बताए ।