Thursday, July 23

जलेर लमजुङमा एकको मृत्यु

नेपालअखबार, लमजुङ। लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ।

Advertisement

गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

Advertisement
Advertisement

जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।

Advertisement

चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

आगलागीबाट छाप्रोनजिकै रहेको ७ भेँडा, ३ भैँसी, ६ रागासमेत घाइते भएका छन्। रासस