Monday, May 11

बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न जनता माझ मन्त्री खान

नेपालअखबार, बाकें । खानेपानि मन्त्री अब्दुल खान बाकें र बर्दियामा खानेपानी परिक्षण गर्न   जनता माझ पुगेका छन् ।   मन्त्री खानले    बाकें र बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा खानेपानीको गुणस्तर जाचंबुझ गर्न  आफ्नाे नेतृत्वमा कर्मचारी सहित गाउ टाेल सम्म पुगेकाछन् ।

मन्त्री खानले  निरन्तर रुपमा  खानेपानी परिक्षण स्थानीय तहमा गरिने बताएका छन्  । जनताले  शुद्ध खानेपानी पाउनु नै पर्छ यसकाे कुनै विकल्प  छैन  मन्त्री खानले बताए ।  मन्त्री खान आफै बर्दिया जिल्लाकाे विभिन्न स्थानहरुमा खानेपानी परिक्षण सेवा सहित मन्त्री  सेवा पर्वाहमा जुटेका थिए ।

Advertisement