Friday, July 24

राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ।

Advertisement

निर्वाचन आयोगका अनुसार बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ।

Advertisement
Advertisement

यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। त्यसैलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता लागु गरेको हो।

Advertisement

आयोगका अनुसार ११ व्यक्ति, संघसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।

सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यस्तै कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत गर्न रोक लगाइएको छ।

यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा नेपाली कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।