Saturday, August 8

पोखरामा घुससहित एक सब-इन्जिनियर पक्राउ

नेपालअखबार, पाेखरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना सब-इन्जिनियरलाई पक्राउ गरेको छ।

Advertisement

पोखरा महानगरपालिका-२८ मा कार्यरत सब-इन्जिनियर प्रविन विकलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

Advertisement
Advertisement

बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस माग गरेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement

उनलाई पोखरा-१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।