Friday, July 31

गठबन्धन भत्किँदैन, पाँचै वर्ष टिक्छ: माधव नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।

Advertisement

पार्टीनिकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन(समाजवादी)को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म  सरकार कायम रहने बताए।

Advertisement
Advertisement

नेपालले गठबन्धन सरकार निर्माणका लागि मात्रै बनेको नभई जनताका समस्या समाधान गर्न समेत प्रतिवद्ध रहेको बताए। वैचारिक मतभेदका कारण दुई तिहाइको सरकार पनि टिक्न नसकेको स्मरण गर्दै नेपालले वर्तमान गठबन्धन  वैचारिक दृष्टिकोण र एजेन्डामा समेत एक ठाउँमा रहेकाले भत्किने सम्भावना नहुने बताए।

Advertisement

उनले मुलुकमा आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौतीको विषय रहेको र यसलाई समाधान गर्न गठबन्धन प्रतिवद्ध रहेको बताए। अध्यक्ष नेपालले आगामी स्थानीय तहको निर्वाचनसम्म पार्टीको संगठन बलियो हुनेगरी खटिन निर्देशन समेत दिए।