Friday, July 31

बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्।

Advertisement

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए।

Advertisement
Advertisement

पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।

Advertisement

आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित अवकाशमा जाँदैछन्।

कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्। उनी अर्घाखाँचीका हुन्। उनी २०५१ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए।