Saturday, July 4

शुक्रबार एकैदिन देखियो १ सय ४२ जनामा कोरोना

नेपालअखबार,काठमाडाैं । शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement
Advertisement

यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो। गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। हिजो (बिहीबार) पनि ४२ जना संक्रमित भेटिएका थिए।

Advertisement

स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ।

साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।