Monday, July 6

रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, सात घाइते

नेपालअखबार । रामेछापमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार बेलुका सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको बा १६ च ३८२५ नम्बरको बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा सडकबाट करिब चारसय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

Advertisement
Advertisement

दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेको रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले जानकारी दिए।

Advertisement

दुर्घटनामा सात जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी पराजुलीले बताए।