Thursday, July 30

कागतीखेतीबाट वार्षिक २० लाख कमाइरहेका रूद्रमणी

नेपालअखबार,मोरङ। सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।

Advertisement

४५ वर्षीय न्यौपानेले दुई विघा क्षेत्रफलमा कागती खेती गरेका छन्। उनी चार वर्षदेखि मोरङको पथरी शनिश्चरे–२ कालापानीमा पथरी कृषि फार्म सञ्चालन गरी कागती खेती गर्दै आइरहेका छन्।

Advertisement
Advertisement

उनले सुरू गरेको कागतीखेतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ।

Advertisement

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन्।  बगानमा एक हजार दुई सय कागतीका बोट छन ।

फार्ममा तीन जनाले रोजगारी पनि पाएका छन्। बजारको भाउअनुसार फल बेच्नुपर्ने हँुदा कागतीको यकिन मूल्य भने छैन। फार्ममा दाना प्रतिगोटा तीन रूपैयाँ र बिरुवा प्रतिगोट  ८० रूपैयाँका दरले बिक्री हुँदै आएको छ।

चार वर्षअघि कागती खेती सुरू गर्न न्यौपानेले ३२ लाख लगानी गरेका थिए। अहिले कागतीसँगै उखु, साग, केराउ, प्याज, लसुन लगायतका नगदेबाली पनि उत्पादन गर्दै आइरहेका छन्।

बगानमा वार्षिक  सात लाख दाना कागती र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको उनी बताउँछन्। कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका उनले बताए।

बिरुवा बिक्रीबाट वार्षिक आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन्।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले सुनाए। कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताए।‘ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ, उनले गुनासो पोखे। रासस